Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नयाँ शक्तिमा प्राध्यापक मञ्चमा विवाद

मंगलबार, ३० चैत्र २०७२

काठमाडौँ, २९ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्राध्यापक मञ्च गठन विषयलाई लिएर विवाद चुलिएको छ। त्रिवि प्राध्यापक सूर्यबहादुर थापा संयोजकत्वमा ५१ सदस्यीय अन्तरिम मञ्च गठन गरिएकोमा पार्टी सदस्य रामेश्वर खनाल र मुमाराम खनालले आपत्ति जनाएका हुन्। 

मञ्च गठनप्रति आफूहरूको असन्तुष्टि रहेको रामेश्वर खनालले बताए। ुसंगठनप्रति मेरो असहमति छ, हामीलाई पत्तै नदिई गठन गरिएको रहेछ,' उनले नागरिकसँग भने, 'पुरानै दलको शैली फलोअप गरेकाले अब यसको पतन निश्चित छ, म विरोध गर्दै जान्छु, एक दिन बाबुरामजीले मलाई आफैं फाल्नेछन्।'  उक्त दलले आइतबार ७ प्रदेश र ९ प्रदेश संयोजकसहित त्रिविका अर्थशास्त्र प्राध्यापक थापाको नेतृत्वमा ५१ सदस्यीय प्राध्यापक मञ्च गठन गरेको थियो। 

विश्वविद्यालयमा काम नगर्ने, विद्यार्थीले मन नपराउने प्राध्यापक जागिर जोगाउनकै लागि मञ्चमा आएको आरोप खनालले लगाए। ुविगतका दलले संगठन खोलेर विश्वविद्यालयको शिक्षा गुणस्तरहीन बनाए, अब थप खस्काउन नयाँ शक्तिले योगदान गर्योव,ु उनले भने। 

बाबुराम भट्टराईले नयाँ शक्ति नाम दिएर पार्टी खोले पनि पुरानैदेखि लागेको बानी नसुध्रिएको खनालले टिप्पणी गरे। ुनयाँ संस्कारअनुसार देश र जनताका लागि राजनीति गर्ने हो भने जनताकै बीच जानुपर्छ,ु उनले भने, ुजनताको करबाट तलब खाने प्राध्यापकलाई कुनै पनि संगठनमा लाग्ने अधिकार हुँदैन, उनीहरूलाई कुनै पनि दलका भातृ संगठन, युनियनभित्र ल्याउन हुँदैन।'

मञ्च गठनप्रति नयाँ शक्तिको केन्द्रीय अन्तरिम परिषदका अर्का सदस्य मुमाराम खनालले पनि आपत्ति जनाएका छन्। खनालले उक्त कार्यको सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक रुपमै आलोजना गरेका छन्। ुनपढाउने शिक्षक, भाग खोज्ने प्राध्यापक र काम नगर्ने कर्मचारी नै राजनीतिक शक्तिको स्रोत बन्ने हो भने नयाँ त परै जाओस्, थोत्रो शक्ति पनि बन्दैन,ु खनालले ट्विट गरेका छन्। ु

दलभित्र नीतिगत छलफल हुँदा प्राध्यापक, शिक्षक, पत्रकार र कर्मचारीको जनवर्गीय संगठन नबाउने भनेका थियौं,ु उनले नागरिकसँग भने, ुतर, आइतबार कसरी प्राध्यापक मञ्च गठन भयो मलाई नै थाह छैन।ु नयाँ शक्तिले देश र जनताको हितमा साँच्चै काम गर्ने हो भने मञ्च खारेज गर्नुको विकल्प नरहेको उनको भनाइ छ। 

ुजेठ ३०, ३१ र ३२ गते हुने कार्यक्रममा हामीले औपचारिक रूपमै शिक्षक प्राध्यापक, कर्मचारी र पत्रकारको जनवर्गीय संगठन नबनाउने घोषणा तयारी गरिरहेका छौं। जनताको सेवा गर्नेले दलको भातृ संगठनको टीको लाउनु उचित होइन,ु उनले भने।  यसै गरी इन्जिनियर एवं पूर्वाधार नीतिविज्ञ सूर्यराज आचार्यले अन्य दलले प्राज्ञिक क्षेत्रमा राजनीति छिराएर ध्वस्त बनाएको थाहा हुँदाहुँदै बाबुरामले जानीजानी पुरानै प्रवृत्ति दोहोर्यालएकोमा आलोचना गरेका छन्। 

ुशिक्षण संस्था र विश्वविद्यालय दलीय भागबन्डामा पारेकै कारण सामाजिक र बौद्धिक क्षेत्रमा विसंगति र विकृतिले जरो गाडेको छ,ु उनले नागरिकसँग भने, ुशिक्षा क्षेत्र, समाज र राष्ट्रविकासको अवसरलाई बाबुरामजीले प्राध्यापक मञ्च गठन गरेर गुमाउनुभयो।ु उनले प्राध्यापक मञ्च तुरुन्त खारेज गर्न सुझाए। 

उता मञ्चका संयोजक थापाले अन्य दलका भातृ संगठनका प्राध्यापकले विश्वविद्यालयमा नपढाएरै जागिर पकाउने प्रवृत्ति अन्त्य गर्न मञ्च गठन गरिएको दाबी गरे। ु नयाँ शक्तिले पदका लागि प्राध्यापक मञ्च गठन गरेको होइन,ु उनले नागरिकसँग भने, ुविश्वविद्यालयमा पठन वातावरणसँगै शैक्षिक गुणस्तर कायममा सघाउन मञ्च गठन गरिएको हो।ु

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया