Edukhabar
विहीबार, २९ कार्तिक २०८१
खबर/फिचर

विद्यार्थीलाई कृषि कर्ममा खटाउन संसदीय समितिको निर्देशन

सोमबार, २९ चैत्र २०७२

काठमाडौ– व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कृषि कर्ममा लागउने नीतिगत ब्यवस्था गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । कृषि विकास र शिक्षा मन्त्रालयलाई निर्देशन दिदैं समितिले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्तीमा ६ महिना अनिवार्य रुपमा कृषि कर्ममा खटाउन निर्देशन दिएको हो ।

सोमबार बसेको समितिको बैठकले चिकित्सा शिक्षामा अनिवार्य रुपमा प्रशिक्षार्थीका रुपमा काम गर्नुपर्ने व्यवस्था भए जस्तै कृषिमा पनि सोही व्यवस्था गर्न सकिए प्रभावकारी हुने भन्दै निर्देशन दिएको सभापति गगन थापाले बताए ।
बैठकमा कृषि विकास मन्त्रालयले सात वटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १ सय ८५ वटा विशेष क्षेत्र स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम प्रस्ताव गरेको छ ।

कृषि विकासमन्त्री हरिबोल गजुरेलले धान, मकै, तरकारी, माछा, मसला तथा नगदे बालीलाई व्यावसायिक तथा अत्याधुनिक प्रविधिमार्फत अगाडि बढाउने गरी कार्यक्रम प्रस्ताव गरिएकोसमितिको बैठकम जानकारी गराए ।

प्रकाशित मिति २०७२ चैत २९ गते

प्रतिक्रिया