Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शैक्षिक प्रमाणपत्र धितो राखी र्निब्याजी ऋणको माग

सोमबार, २९ चैत्र २०७२

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको विद्यार्थी संगठनले आफ्नै पार्टीबाट अर्थमन्त्री बनेका विष्णु पौडेललाई सोमबार ज्ञापन पत्र बुझाएर शिक्षित बेरोजगार बिद्यार्र्थीलाई शैक्षिक योग्यताको प्रमाण पत्र धरौटीमा राखेर र्निव्याजी ऋण उपलब्ध गराउन माग गरेको छ ।

स्नातकोत्तर तह उत्तीर्ण गरेकोलाई १० लाख, स्नातक उत्तीर्ण गरेकालाई ७ लाख र प्लस टु उत्तीर्ण गरेकालाई ५ लाख रुपैंयाँ र्निव्याजी ऋण दिन माग गरेको हो । अनेरास्ववियुले नयाँ बजेटमा न्युनत्तम २५ प्रतिशत बजेट शिक्षाका लागि छुट्याउनु पर्ने माग समेत गरेको छ । नयाँ संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले संसदमा बजेट पेश गर्नुपर्नेछ । त्यसैलाई ध्यान दिदै अखिल अध्यक्ष नबिना लामाको अध्यक्षतामा अर्थमन्त्रीलाई भेट्न गएको टोलीले सोमबार यस्तो माग गरेको हो । 

प्रकाशित मिति २०७२ चैत २९ गते

प्रतिक्रिया