Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई डाटा सहितको सिमकार्ड

आइतबार, २८ चैत्र २०७२

काठमाडौँ, २९ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण शुरु गरेको छ ।  सिमकार्ड खरिद गर्न विद्यार्थीले रु ९० भुक्तानी गर्नुपर्नेछ भने त्यसमा रु ५० बराबरको टक भ्याल्यु तथा ३०० एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ ।  

उक्त सिम सक्रिय गरिएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा भोल्युमका दरले निःशुल्क प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।  मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै सो सेवामार्पmत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले उनीहरुलाई लक्षित गरी सेवा उपलब्ध गराइएको दाबी गरिएको छ । 

उक्त योजनाअन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्नुपर्नेछ ।  

उक्त योजना २०७३ साल असार मसान्तसम्म कायम रहने छ ।

रासस 

 

प्रतिक्रिया