Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नयाँ शक्तिले भन्यो ‘भारत र युरोपको शिक्षा प्रणाली नक्कल नगर’ 

आइतबार, २८ चैत्र २०७२

काठमाडौँ, २९ चैत । नयाँ शक्ति पार्टी निकट प्राध्यापकहरुले प्रा. डा. सूर्यबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय प्राध्यापक मञ्च नेपालको घोषणा गरेका छन् ।   रिपोर्टर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका शिक्षा विभाग प्रमुख डा राजेन्द्र केसीले नेपाली शिक्षा प्रणालीमा परिवर्तन ल्याउने उद्देश्यका साथ मञ्चको घोषणा गरिएको दाबी गरे । 

उनले भने, “भारत र युरोपको विश्वविद्यालय स्थापना र शिक्षा प्रणालीको नक्कल गर्दै शिक्षा प्रणाली लागू गर्न हुँदैन, राज्यको आवश्यकता तथा स्रोतको आधारमा पाठ्यक्रम बनाउनुपर्छ ।” 

नवनिर्वाचित संयोजक प्रा डा थापाले नेपालको विश्वविद्यालय र उच्च शिक्षा अनुसन्धानमुलक हुनुपर्ने बताए ।

रासस 

 

प्रतिक्रिया