Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

‘लिटिल वल्र्ड एम्बेस्डर’ लाई छात्रवृत्ति

आइतबार, २८ चैत्र २०७२

भक्तपुर - लिटिल वल्र्ड माध्यमिक विद्यालय दूधपाटीका दुई विद्यार्थी अमरजंग थापा र आयुशा शील्पकार ‘लिटिल वल्र्ड एम्बेस्डर’ घोषित भएका छन् । ट्यालेन्ट हण्ट, सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा भएको प्रपतस्पर्धाका आधारमा छात्रतर्फ कक्षा ६ का थापा र छात्रातर्फ कक्षा ७ की शील्पकार छनौट भएका हुन् ।

उक्त प्रतिस्पर्धामा छात्रतर्फ अनुश कायस्थ र रोनक शील्पकार क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए भने छात्रातर्फ रक्षा पोखरेल र सृष्टि श्रेष्ठ क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए ।
एम्बेस्डर घोषित छात्र–छात्रालाई विद्यालयले लिँदै आएको मासिक शुल्कमा ३० प्रतिशत छात्रवृत्ति स्वरूप छुट दिने विद्यालयका अध्यक्ष पदमध्वज कार्कीले जानकारी दिए । सम्पूर्ण विद्यार्थीमा रहेको विभिन्न प्रतिभालाई प्रस्फुटन गराउन विद्यालयले समान वातावरण बनाउने प्रतिबद्धता पनि उनले ब्यक्त गरे ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा को विद्यालयले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलाप र गतिविधिहरूमा उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथिका रूपमा नायिका केकी अधिकारीले पुरस्कार वितरण गरिन् । 

कार्यक्रममा सोही विद्यालयमा प्रि स्कुल पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका २६ जना विद्यार्थीलाई पोष्ट ग्राजुएशन समेत गराइएको थियो । विद्यालयले आगामी शैक्षिक सत्रका लागि विभिन्न कार्यक्रम पनि घोषणा गरेको छ ।

प्रकाशित मिति २०७२ चैत २८ गते 

प्रतिक्रिया