Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

१५ विद्यालय खारेज

सोमबार, २१ भदौ २०७२

भक्तपुर २१ भदौ / दर्ता भएर पनि सञ्चालन नभएका १५ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय भक्तपुरले खारेज गरेको छ । कार्यालयबाट गरिएका अनुगमनका क्रममा सञ्चालनमा नरहेको फेला परेपछि खारेजीको प्रकृया शुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

ऐन नीयम अनुसार तोकिएको पूर्वाधार पुरा नभएको र तोकिएको संख्यामा विद्यार्थी नभेटिए पछि खारेजीको प्रकृया शुरु गरेको उनले बताए । खारेज गर्नु नपर्ने कुनै कारण भए १५ दिन भित्र कार्यालयमा उपस्थित भई प्रमाण पेश गर्न सार्वजनिक सुचना जारी गरेको छ ।

खारेजीमा परेका विद्यालयहरुमा चाँगुनारायणका मातृभूमि शिक्षा सदन र चाँगुनारायण ई. स्कुल, दधिकोटका सिम्फोनी एकेडेमी र सिदार्थ निकेतन रहेका छन् ।

यस्तै खरीपाटीको बागेश्वरी इष्ट प्वाईन्ट ई. स्कुल, सानोठिमीका पुजा ई.स्कुल, विराट ई. स्कुल, गणेश ई. स्कुल र चक्रवर्ती हबि एजुकेशन पाउण्डेशन रहेको कार्यालयले जनाएको छ ।

यसैगरी दरवार क्षेत्रका ग्रेसलैण्ड पब्लिक स्कुल, जून ई. स्कुल, सिद्धिदास मावि, लक्ष्मी विद्या मन्दिर, विनायक विद्याश्रम र शहीद स्मृति मावि रहेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया