Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शैक्षिक प्रगति विज्ञान र प्रविधिको विकासमा – मन्त्री थापा

आइतबार, २८ चैत्र २०७२

काठमाडौँ, २८ चैत । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले विज्ञान र प्रविधिको विकास नभएसम्म नेपालको शैक्षिक प्रगति हासिल हुन नसक्ने बताएका छन् ।  गुणस्तरिय र व्यावहारिक शिक्षाका लागि विज्ञान र प्रविधि आधारभूत आवश्यकता भएको उनले औल्याएका थिए ।  

पूर्वी चितवनको पदमपुरस्थित भीमोदय उच्च माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।  शनिबार विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री थापा प्रमुख अतिथि रहेका थिए । 

सो क्रममा बोल्दै मन्त्री थापाले नेपाल सरकारको सबैभन्दा कमजोर र सम्बन्धित निकायको ध्यान जान नसकेको मन्त्रालयको रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय भएकाले यो क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको जिकिर गरे ।  

सम्भावना प्रशस्तै भएर पनि विज्ञान र प्रविधिको महत्व नबुझेका कारण सबैभन्दा न्यून बजेट विनियोजन हुने गरेको जानकारी दिँदै मन्त्री थापाले यही बजेट र कार्ययोजनाले देशभरको शैक्षिक क्षेत्रलाई सुधार गर्न नसकिने बताउनुभयो । उनले नेपालमा छुट्टै प्राविधिक विश्वविद्यालय स्थापना हुनुपर्ने बताउ ।

कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारीले भीमोदय उच्च माध्यमिक विद्यालयले लामो समयपछि गरेको प्रगतिको प्रशंसा गरे ।  कार्यक्रममा शिक्षा मन्त्रालयका योजना अधिकृत लक्ष्मण बस्यालले गुणस्तरीय शिक्षा सरकारको पहिलो प्राथमिकता भएको बताए । 

रासस

 

प्रतिक्रिया