Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

उत्कृष्ट विद्यार्थीलाई त्रिविले रोजगारी दिने !

आइतबार, २८ चैत्र २०७२

काठमाडौँ, २७ चैत । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ ।  विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ । 

वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताएको छ ।  विश्वविद्यालयका योजना महाशाखा प्रमुख पोखरेलले विश्वविद्यालयले विद्यार्थीको क्षमताको कदर गर्दै विश्वविद्यालय नियममा संशोधन गरी आगामी वर्षदेखि लागू हुने गरी उत्कृष्ट विद्यार्थीलाई सम्मान स्वरुप विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्न लागेको जनाए । 

‘हाललाई विश्वद्यािलय अन्तर्गत रहेको ४ संकाय र ५ अध्ययन संस्थामा उत्कृष्ट हुने ९ विद्यार्थीका लागि पहिलो चरणमा रोजगारीको व्यवस्था गर्ने गरी हामीले त्रिवि नियम संशोधन तथा परिमार्जन गर्दैछौ, प्रमुख पोखरेलले भने,’विद्यार्थीले त्रिविबाट प्राप्त गरेको ज्ञान र सीप बर्सेनी विदेशी भूमिमा गएर प्रयोग गर्ने गरेको पायौं ।’ 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया