Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी

शनिबार, २७ चैत्र २०७२

काठमाडौँ, २७ चैत्र । म्याग्दीको दरवाङमा एसएलसी दिन गाउँबाट आएका विद्यार्थी बसेको एउटा घरमा शुक्रबार बिहान आगलागी भएको छ ।  जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिन आएका अमरज्योति मावि रुम डाँडागाउँका विद्यार्थी बसेको मेखबहादुर पुनको घर आगलागीबाट ध्वस्त भएको हो । 

बिहान करिब ८ बजे विद्युत् चुहावट भई आगलागी हुँदा दुईतले घरमा रहेका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  घरका लत्ताकपडा, अन्नका साथै एसएलसी दिने विद्यार्थीको पाठ्यपुस्तक लगायतका सामग्री आगोले जलेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । जनप्रिय उच्चमावि नजिकै रहेको उक्त घरमा ६६ जना एसएलसी दिने विद्यार्थी बस्दै आएका थिए ।  

परीक्षा केन्द्रको नजिकै रहेको घरमा आगलागी भएका कारण जनप्रिय उच्चमाविमा आजको एसएलसी ५५ मिनेट ढिला गरी सुरु भएको प्रनाउ खड्काले बताए ।   प्रहरी, स्थानीय बासीन्दा र विद्यार्थीले आगलागी नियन्त्रणमा लिएका थिए ।

रासस 

 

प्रतिक्रिया