Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थीका लागी अनुसन्धान नीति र कार्यक्रममा जोड

शनिबार, २७ चैत्र २०७२

काठमाडौं, २७, चैत । विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीले गरेको अध्ययन र अनुसन्धानलाई उपयोगमा ल्याउन सकेमा मुलुकको विकासमा सहयोग पुग्ने भएकाले त्यसलाई राज्यका नीति र कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।  

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, त्रिभुवन विश्वविद्यालयअन्तर्गत वातावरण विज्ञान केन्द्रीय विभाग, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट) नेपाल र रिसोर्सेस हिमालय फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ सम्पन्न वातावरण र दिगो विकास केन्द्रित स्नातकोत्तर अनुसन्धान सम्प्रेषण गोष्ठीका सहभागीले सो कुरामा जोड दिएका हुन् ।  

नेपालका विश्वविद्यालयहरूबाट स्नातकोत्तर तथा विद्यावारिधिस्तरको अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई आपूmले गरेको अनुसन्धान र त्यसबाट प्राप्त ज्ञानलाई युवा पुस्तामा रुपान्तरण गर्न सकिएमा वातावरण, विज्ञान, वातावरण व्यवस्थापन, इन्जिनियरिङ र प्रविधि, ग्रामीण विकास, जैविक प्रविधि, कृषि, वन, मानविकी तथा स्वास्थ्यजस्ता क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिने सहभागीहरुको धारणा थियो ।  

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालयलगायत काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त महाविद्यालय संस्थान र अनुसन्धान केन्द्रहरूबाट अध्ययन सम्पन्न गरेका करिब ३०० विद्यार्थी सहभागी थिए ।   गोष्ठीमा गोर्खा भूकम्पले गरेको क्षति र पुनःस्थापना र पुनःनिर्माणका चुनौतीमा केन्द्रित रहँदै क्षति, पुनःप्राप्ति, पुनःस्थापना र उत्थानशीलतामा पनि सहभागीले जोड दिएका थिए ।  

गोष्ठीमा पूर्व मन्त्री गणेश साह, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा परासरप्रसाद कोइराला, योजनाविद् प्राडा पीताम्बर शर्मा, विज्ञान तथा प्रविधि अध्ययन संस्थाका डीन प्रा। चिरिकशोभा ताम्राकार, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था नेपालका कार्यकारी निर्देशक अजय दीक्षित, त्रिवि वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुख प्राडा केदार रिजाल, नेपालका समाजशास्त्री डा प्रत्युष वन्तलगायतले मन्तव्य राखेका थिए ।  

रासस 

 

प्रतिक्रिया