Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

स्ववियु निर्वाचनको मिति नतोके संघर्षमा उत्रिने नेविसंघको चेतावनी 

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौँ - विगत ७ बर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आलटाल गर्दै आएको त्रिभुवन विश्वविद्यालयलाई तीन दिनभित्र स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।  नेपाली काग्रेंसको विद्यार्थी भातृ संगठन नेविसङ्घले तत्काल स्ववियु चुनाव गर्न माग गर्दै त्रिवि पदाधिकारीलाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।  

नेविसङ्घ उपत्यकाका ५१ वटा इकाइ सभापतिहरुले संयुक्त रुपमा शुक्रबार  त्रिवि पदाधिकारीलाई ४ बुँदे माग सहितको ज्ञापन बुझाउँदै पुरानो सहमति अनुसार निर्वाचनको मिति घोषणा नगरिए सङ्घर्षमा उत्रने नेविसङ्ले चेतावनी समेत दिएको छ ।  नेविसंघले उमेर हदबन्दी लगाउन नहुनेमा जोड दिदै विद्यार्थी आन्दोलनमा लागेकालाई स सम्मान विदाई गर्ने मौका दिनुपर्नेमा समेत नेविसंघले जोड दिएको छ ।  

ज्ञापन बुझ्दै त्रिविका उपकुलपति डा. तिर्थ खनियाले आफुहरु निर्वाचन गराउने पक्षमा नै रहेको र उमेर हदको निर्णय वैशाखमा बस्ने सिनेटको बैठकले मात्र टुङ्गो लगाउन सक्ने भएकाले त्यतिनजेलसम्म धैर्य गर्न आग्रह गरेका थिए । 

ज्ञापनपत्र बुझ्न त्रिविका रेकटर रजिस्ट्रार समेतसंगै राखेर कुरा गरेका  उपकुलपति खनियाले निर्वाचनमा उमेरहदको विषयबारे त्रिवि सभापछि निर्णयमा पुग्ने मनसाय व्यक्त गर्नुभएको नेपाल विद्यार्थी सङघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । निर्वाचनबारे यसअघि भएको सहमतिअनुसार २०७२ भित्र निर्वाचन गर्दा पहिलोपटक एक निर्वाचनमा उमेरको हदबन्दी नलाग्ने भन्ने त्रिवि पदाधिकारी र विद्यार्थी सङ्गठनबीच सहमति भएको थियो ।

प्रकाशित मिति २०७२ चैत २६ गते । 

प्रतिक्रिया