Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोग नियमावली संशोधनको तयारी, नतिजा चित्त नबुझे पुर्नयोग गर्न पाउने

विहीबार, २५ चैत्र २०७२

भक्तपुर–शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारले आफ्नो नतिजा चित्त नबुझे पुर्नयोग गर्न पाउने भएका छन् । आयोगले नियमावली संशोधन गरेर नतिजा प्रकाशन भएपछि चित्त नबुझे पुर्नयोग गर्न सकिने ब्यवस्था गर्न लागेको हो । नियमावलीको दशौं संशोधनको तयारीमा रहेको आयोगले तोकेको शुल्क तिरेर निवेदन दिएपछि पुर्नयोग गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

परीक्षाको प्रचलित मुल्य मान्यता र आदर्श आत्मसात गर्न यस्तो व्यवस्था गर्न लागेको आयोगले जनाएको छ । त्यस्तै नतिजा प्रकाशित गर्दा आयोगबाट लिइएको विभिन्न चरणको परीक्षामा उम्मेद्वारले प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रम सूची प्रकाशन गर्ने योजना अघि सारेको छ । यसअघि परीक्षामा सफल भएका उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस हुन्थ्यो । लिखित परीक्षामा न्यूनतम अंक प्राप्त गरेर उतिर्ण हुने सम्पूर्ण उम्मेद्वारलाई प्रयोगात्मक परीक्षामा समावेश गर्न सम्भव नहुने भए पछि आयोगले लिखित परीक्षाबाट उतिर्ण भई सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेद्वार मध्येबाट प्रयोगात्मक र अन्तरवार्ताको लागि उम्मेद्वारको नाम वर्णानुक्रम वा रोल नम्बरको आधारमा मात्रै प्रकाशित गर्न लागेको हो ।

नियमावली संशोधनको प्रक्रिया अघि बढाइसकेको आयोग स्रोतले जनाएको छ । ‘आन्तरिक छलफल सकाएर संशोधनको लागि मन्त्रालयमा फाइल अगाडि बढाइसकेका छौ’ आयोग श्रोतले भन्यो ।

संस्कृत बिषयको शिक्षक बन्न शिक्षा संकाय पढ्न नपर्ने

माध्यमिक तहको संस्कृत बिषयको शिक्षकले शिक्षा संकाय अध्ययन नगरेको भएपनि लाइसेन्स लिन पाउने भएका छन् । नियमावलीको नवौ संसोधनबाट विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्यूटर,सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन, बाली विज्ञान बिषयको शिक्षक हुन शिक्षा संकाय अध्ययन नगरेको भएपनि लाइसेन्स लिने र स्थायी शिक्षकको प्रतिस्पर्थी हुन पाउने व्यवस्था गरिसकेको छ । ‘शिक्षा शास्त्र संकायमा संस्कृत बिषयको पढाई नहुने भए पनि विश्वविद्यालय स्तरमा पढाई हुने भएकोले यस्तो व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

यस्तै बिशेष शिक्षा, मदरसा, गुम्बा, गुरुकुलमा सरकारबाट अनुदानबाट पारिश्रमिक भुक्तानी हुने गरी अध्यापनरत शिक्षकहरुको लागि अस्थायी अध्यापन पत्र दिने समेत तयारी छ । यस्ता संस्थामा कार्यरत शिक्षकहरुको अध्यापन अनुमति पत्र बिनै पढाइरहेका छन् ।

यो पनि पढ्नुहोस् :

शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन

प्रकाशित मिति २०७२ चैत २५ गते

प्रतिक्रिया