Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सरकारीमै पढ्छन् शिक्षकका छोराछोरी

विहीबार, २५ चैत्र २०७२

काठमाडौँ, २५ चैत्र ।  सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई महँगा बोर्डिङ र विदेशमा पढाएको भन्दै आलोचना भइरहेका बेला राजधानीको एक सरकारी स्कुलका शिक्षकले भने आफ्ना नानीलाई आफैं पढाउने स्कुलमा पढाइरहेका छन्।  काठमाडौं, मध्यबानेश्वरस्थित रत्नराज्य उच्चमाध्यमिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई निजीबाट निकालेर आफ्नै स्कुलमा पढाएका हुन्।

महिला शिक्षक उषा खड्काले दुई वर्षअघि नै छोरीलाई रत्नराज्यको कक्षा ८ मा भर्ना गरेकी थिइन्। निजी विद्यालयसरहको शैक्षिकस्तर आफ्नै स्कुलमा बन्दै गएपछि उनले विश्वासका साथ छोरीलाई निजीबाट निकालेकी थिइन्।

सामाजिक प्रतिष्ठाका लागि पहिले निजी विद्यालयमा छोरी भर्ना गरेकी उनले आफ्नै स्कुलमा अतिरिक्त क्रियाकलाप, कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमबाट पठनपाठन भएपछि निजीबाट झिकेर नानीलाई सरकारीमा राखेको बताइन्।

'आफूले पढाउने स्कुलप्रति विश्वास भएकैले मैले छोरीलाई निजीबाट झिकेर ल्याएँ,ु उनले नागरिकसँग भनिन्, ुनिजी विद्यालयसरह शिक्षा सरकारीमा उपलब्ध भएपछि किन बढी पैसा तिर्नेरुु

सोही स्कुलमा २० वर्षदेखि अध्यापन गरिरहेका शिक्षक मधुसुदन लामीछानेले पनि छोरा ऋषिकेश लामिछानेलाई निजीबाट झिकेर आफ्नै स्कुलमा भर्ना गरिदिए। उनका छोरा तीन वर्षअघि इपिएस स्कुलमा पढ्थे।

'आफू पढाउने र साथीहरूको अध्यापनप्रति विश्वास भएकाले छोरालाई यहीं पढाउन उचित ठानें,ु उनले भने, ुहाम्रा साथी सबै योग्य हुनुहुन्छ, उहाँहरुको शिक्षाबाट म सन्तुष्ट छु,ु उनले भने। नेपाली विषयका शिक्षक लामीछानेले थपे, ुबच्चालाई अभिभावक र शिक्षकको आँखाअगाडि राखेर पढाउँदा बिग्रने, कुलतमा फस्ने सम्भावना हुँदैन।' 

माध्यमिक तहका विज्ञान शिक्षक मायानाथ दाहालले पनि आफ्नो छोरालाई कक्षा ७ मा भर्ना गरेका छन्। उनको छोरा गोठाटारस्थित मोनास्टिक सकुलमा कक्षा ६ सम्म पढेको थियो। ुमेरो छोरो यो वर्ष कक्षा १० मा पुग्यो,ु शिक्षक दाहालले भने, ुसरकारीका शिक्षकले सबका बच्चा मेरा बच्चा सम्झेर पढाउन सके सरकारी स्कुल निजीभन्दा राम्रो हुन्छ। आफ्नो बच्चा आफ्नै स्कुलमा पढाउँदा शिक्षकमा ठग्ने मानसिकता हराउने र जाँगरसाथ पढाउने भावना बढ्छ।' 

एक दशकदेखि स्कुलको प्रिन्सिपल पद सम्हाल्दै आएकी गीता खरेलका अनुसार स्कुलले निजी विद्यालयका राम्रा पक्षलाई अनुकरण गर्दै अघि बढेकाले शैक्षिक स्तर राम्रो बनेको हो। खरेलले प्रिन्सपल भएलगत्तै स्कुलमा निजीजस्तै सदनको व्यवस्था गरिन्। सदनअनुसार आइतबार र मंगलबार दुई जोर पोसाक र नियमित टाइ, पोसाक, जुत्ता–मोजा अनिवार्य गराइन्। 

'सुरुका दिनमा पोसाक किन्न नसक्ने दुई सय विद्यार्थीलाई मैले आफ्नै पैसाले सबै किनिदिएँ,' उनले भनिन्, 'आइतबार र मंगलबार सदनअनुसार पोसाक लगाउनुपर्छ। हाम्रा विद्यार्थी सफा, चिटिक्क भएर आउँछन्। सदनको क्रियाकलापले विद्यार्थीमा नेतृत्व विकास र आत्मविश्वास बढ्दै गएको छ।' 

निजीले विद्यालयले गर्दा सरकारी विद्यालय सुक्दै गएको भनाइ नै गलत भएको ठहर गर्दै उनले सरकारीका शिक्षकको लगनशीलता र मिहिनेतप्रति समुदायमा विश्वास दिलाउन नसकेकाले सरकारी शिक्षा खस्किएको जिकिर गरिन्। ुहाम्रो स्कुलमा बिहानी र बेलुकी कक्षा गरी नर्सरीदेखि उच्चमाविसम्म २ हजार विद्यार्थी छन्,ु उनले नागरिकसँग भनिन्, ुवैशाख ४ गते सञ्चालन हुने प्रवेश परीक्षाका लागि अभिभावकले सिटभन्दा बढी फारम बुझाउनुभएको छ। हामीले बढी भएका विद्यार्थी फर्काउनुपर्ने अवस्था छ।' 

उनी प्रिन्सिपल भएलगत्तै तत्कालीन शिक्षामन्त्री प्रदीप नेपालसँग अनुरोध गरेर स्कुलमा पहिलोपटक कम्प्युटर शिक्षाका लागि पाँच कम्प्युटर सहयोग प्राप्त गरेकी थिइन्। हाल उनको स्कुलमा ५० कमप्युटरसहितको छुटै कम्प्युटर ल्याब नै छ।  अंग्रेजी माध्यमबाट सबै कक्षा सञ्चालन र कक्षा ३ देखि नै कम्प्युटर शिक्षा लागू गरेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको उनले बताइन्। साथै स्कुलका शिक्षकले नानीलाई पढाउन थाले। 

ुनिजी विद्यालयलाई गाली गर्नुभन्दा उनीहरुबाट राम्रा कुरा सिकेर लागू गर्यौं , विद्यार्थी बढे,ु प्रिन्सिपल खरेलले अनुभव सुनाइन्, ुअभिभावकको विश्वास जित्ने स्तरीय शिक्षा उपलब्ध गराउन सके सरकारी विद्यालयमा विद्यार्थी सुक्दैन।ु उनले सरकारको मुख ताक्ने काम कहिल्यै गरिनन्। सरकारले कम्प्युटर शिक्षाको व्यवस्था नगरे पनि उनले आफैँले समुदाय, अभिभावक र शिक्षककै सहयोगमा निजी स्रोतबाटै भए पनि कक्षा तीनदेखि माध्यमिक तहसम्म कम्प्युटर शिक्षकको व्यवस्था गरेकी छन्। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया