Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

चिट चोराएको भन्दै अहेब पक्राउ !

विहीबार, २५ चैत्र २०७२

काठमाडौँ, २५ चैत । प्रवेशिका परीक्षाअन्तर्गत आज सञ्चालित स्वास्थ्य विषयको परीक्षामा चिट चोराइरहेको अवस्थामा एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले स्थानीय जनता उच्च मावि परीक्षा केन्द्र कटहरियामा चिट चोराउँदै गरेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका अहेब शङ्कर यादवलाई पक्राउ गरेको हो ।  

परीक्षा अनुगमन टोलीका सदस्य तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जयसवारको टोलीले सो केन्द्रका परीक्षार्थीलाई चिट चोराउने क्रममा अहेब यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

प्रहरीको नियन्त्रणमा रहेका अहेब यादवले जनता उच्च माध्यमिक विद्यालयमा स्वास्थ्य विषय अध्यापन गराउने गरेको बुझिएको छ ।  पक्राउ परेका अहेब यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा राखिएको छ ।  

रासस 

 

प्रतिक्रिया