Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षकले आठ महिनादेखि तलब पाएनन् 

विहीबार, २५ चैत्र २०७२

काठमाडौँ, २५ चैत्र । रौतहतटमा समयमा नै उच्च माध्यामिक तहका शिक्षकहरुको दरबन्दी र शिक्षक अनुपात रकम वितरण नहुँदा पठनपाठन प्रभावित हुदै आएको छ । जिल्लाका उच्च माध्यामिक तहका शिक्षकहरुले आठ महिनादेखि तलब बिना नै पढाइरहेका छन् । 

आर्थिक बर्ष २०७१÷७२ मा रौतहटमा आएको २५ वटा दरबन्दी वितरण हुन सकेको छैन् भने यस बर्षका लागी आएको अनुदान रकम पनि निकासा भएको छैन् ।  उच्च माध्यामिक तहमा ६० जना शिक्षकको अनुदान रकम शिक्षा विभागले पठाउँदै आएको भए पनि यस आर्थिक बर्षमा ४९ जना शिक्षकको मात्रै रकम पठाएकाले वितरणमा समस्या भएको शिक्षा कार्यालयको भनाई छ ।  

(अन्नपूर्णपोष्ट  दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया