Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षकका लागि १ अर्व ५४ करोड निकासा

बुधबार, २४ चैत्र २०७२

काठमाडौं - शिक्षकको उपदान, विदाको रकम तथा औषधि उपचार खर्च वापत १ अर्व ५४ करोड रुपैंया निकासा गरिएको छ । चालु आर्थिक बर्षको लागि निकासा गरिएको उक्त रकम यहि चैत १२ गते सम्मको भएको विद्यालय शिक्षक किताबखानाले जनाएको छ । उक्त रकम देशभरका २ हजार ७ सय ४१ शिक्षकलाई वितरण गरिएको हो ।

२० वर्ष सेवा अवधि पुरा नगरी उपदानमा निस्कन चाहने शिक्षक वा पेन्सन लिएर सेवा निवृत्त हुने शिक्षकलाई उक्त रकम निकासा गरिएको महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिए ।
हरेक २ २ महिनामा शिक्षकको उपदान, विदाको रकम तथा औषधि उपचार खर्च वापतको रकम निकासा गर्ने उनले बताए ।

प्रकाशित मिति २०७२ चैत २४ गते

प्रतिक्रिया