Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीको अनुगमन गर्न नुवाकोट पुगे शिक्षामन्त्री 

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत । प्रवेशिका परीक्षाको अनुगमन गर्ने क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल नुवाकोटको भवानी उच्च मावि, ककनी–३ मा पुगेर अनुगमन गरेका छन् ।   कुल आठ विद्यालयका २७२ विद्यार्थी सहभागी भएको परीक्षा केन्द्रको अवलोकन र सम्बन्धित अधिकारीसँगको अन्तरक्रियापछि मन्त्री पोखरेलले परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्दै यस वर्षबाट लागू भएको अक्षराङ्कन प्रणालीले गुणमा आधारित शिक्षाको विकासमा योगदान गर्ने विश्वास व्यक्त गरेका थिए । 

मन्त्री पोखरेललाई जारी परीक्षा व्यवस्थापनबारे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का, सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामा र प्रधानाध्यापक शङ्करप्रसाद लोहनीले अवगत गराएका थिए ।  

जिल्लामा कुल २३ परीक्षा केन्द्र र ६ हजार २१८ विद्यार्थी सहभागी छन् । यही चैत १८ गतेदेखि सुरु भएको परीक्षा २९ गतेसम्म चल्नेछ । 

रासस 

 

प्रतिक्रिया