Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

फेरी ग्रेडिंगकै कुरा

बुधबार, २४ चैत्र २०७२
Mana Prasad Wagley

१. एसएलसी ग्रेजुयेट हुन कति CGPA हुनुपर्ने हो? भन्ने कुरा यकिन नगरेसम्म अहिलेको ग्रेडिंगले खासै महत्व राख्दैन/ नभए कुन उद्देश्यका लागि विद्यार्थीले पुन:परीक्षामा सम्मिलित हुने? ग्रेडिंगको प्रचलनलाई हेर्ने हो भने माथिल्लो तहमा कुन बिषय-क्षेत्रमा पढ्न कस्तो ग्रेडिंग आवश्यक पर्छ भन्ने कुरा स्पष्ट नभएसम्म विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक दौड सम्भव हुन्न/ ग्रेडिंगको मूल मर्मनै विद्यार्थीवीच गुणस्तरीय प्रतिस्पर्धा गराउनु हो न की विना CGPA अन्यौल सिर्जना गर्नु/ यो समस्याको समाधान गर्न अब उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ पढ्न न्युनतम CGPA कति हुनु पर्ने भनी किटान गर्नु आवश्यक छ/ त्यति गर्ने हो भने पनि धेरै अन्यौल हट्छ/ यति नगर्ने हो भने उमाविको भर्ना र पढाईको स्तर भद्रगोल हुन्छ/

२. अहिलेकै स्थितिमा बिचार गरौँ/ कक्षा ११ र १२ मा अंग्रेजी अनिवार्य छ र एसएलसीमा पाउने ग्रेड त्यो बिषय पढ्न समर्थ देखाउने हुनुपर्छ/ नभए अंग्रेजी नपढे पनि माथिल्लो कक्षा पढ्न पाउने गरी शैक्षिक प्रणाली परिवर्तन गर्नु पर्छ/ गणित र बिज्ञान नपढेर पनि कक्षा ११ र १२ पढ्न सकिन्छ त्यसैले ती बिषयमा खासै चिन्ता नरहला// 

३. अहिलेको बिषयगत ग्रेडिंग गर्ने निर्णय बजारको लागि भने उपयुक्त छ तर बजारलाई सुसूचित गर्ने काम एसएलसी नतिजा अगावै गर्नु पर्छ/ त्यसो हुन सक्यो भने केही हदसम्म ग्रेडिंग फलदायी हुन सक्छ/

प्रतिक्रिया