Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

नयाँ विषयको अध्यापन शुरु

सोमबार, २२ चैत्र २०७२

काठमाडौं - उलभरहेम्टन विश्वविद्यालय बेलायतको सम्बन्धनमा हेराल्ड कलेजले चार वर्षे  विआइविएम र तीन वर्षे बिआइटी कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौको हाँडिगाउमा रहेको कलेजले आइएकेडेमीको साझेदारीमा नयाँ विषयको अध्यापन शुरु गर्ने भएको हो । उक्त विश्वविद्यालयको साझेदारीमा पुर्वाञ्चलको विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा संचालन भईरहेको छ ।

आइतबार कलेजको उद्घाटन गर्दै  विश्वविद्यालयका उपकुलपति प्रा. जियोफलेयरले नेपालमा विश्वकै उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्धेश्यले हेराल्डसंग साझेदारी गरेको बताए । बेलायत र नेपाल बिचको शैक्षिक सम्बन्धलाई थप मजबुद बनाउन तथा नेपाली विद्यार्थीलाई बेलायत शिक्षाको बारेमा जानकारी दिन कक्षा संचालन अनुमति दिएको उनले बताए । सन् १८३५ मा स्थापना भएको उलभरहेम्टन विश्वविद्यालयले त्रिभुवन र काठमाडौ विश्वविद्यालयलाई सहयोग समेत गर्दै आएको छ ।  

उद्घाटन कार्यक्रममा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकीले यस अघि मेरिल्याण्डलाई दिएको साझेदारीले  विद्यार्थीको अध्ययन क्षमतामा वृद्धी भएको बताए ।

हेराल्डले  यो वर्षको सेप्टेम्बरबाट कक्षा शुरु गर्ने भएको छ । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण यो विश्वविद्यालयबाट सबन्धन पाएको बुढाथोकीले बताए ।
कार्यक्रममा आइएकेडेमी न्युजिल्याण्ड  निर्देशक केल्भिङ एन्जीले बेलायती शिक्षालाई आम नेपाली विद्यार्थीमाझ सर्वशुलभ बनाउन हेराल्डसंग साझेदारी गरेको बताए ।

प्रकाशित मिति २०७२ चैत २२ गते

प्रतिक्रिया