Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

हेराल्डसँग उल्भरह्याम्पटन र आई एकेडेमीको सहकार्य

सोमबार, २२ चैत्र २०७२

काठमाडौँ, २२ चैत्र ।  बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धन र आइएकेडेमीको साझेदारीमा हेराल्ड कलेजले नेपालमा नयाँ विषयको अध्यापन सुरु गरेको छ।   काठमाडौको हाँडिगाउमा रहेको कलेजले चार वर्षे बीआइबीएम र तीन वर्षे बीआइटी कक्षा सञ्चालन गरेको हो। कलेजको आइतबार उल्भरहेम्प्टन विश्वविद्यालयका उपकुलपति जियाफलेयरले एक कार्यक्रमबीच कलेजको उद्घाटन गरे। 

सोही विश्वविद्यालयको साझेदारीमा विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा संचालन गरिरहेको छ। त्रिभुवन, काठमाडौं विश्वविद्यालयको शैक्षिक उन्नयनमा सहयोग गर्दै आएको उलभरहेम्टन सन् १८३५ मा बेलायतमा स्थापना भएको विश्वविद्यालय हो। 

कलेजको उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति जियोफलेयरले नेपालमा विश्वकै उत्कृष्ट शिक्षा दिने उद्धेश्यले हेराल्डसँग साझेदारी गरेको बताए।उनले बेलायत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन कक्षा सञ्चालन अनुमति दिएको बताए।  उद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकीले यसअघि मेरिल्याण्डलाई दिएको साझेदारीले विद्यार्थीको अध्ययन क्षमतामा वृद्धि भएको बताए। उनले बेलायती शिक्षाले नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको दाबी गरे।   

हेराल्डले यो वर्षको सेप्टेम्बरबाट कक्षा सुरु गर्दैछ। कार्यक्रममा आइएकेडेमी न्यूजिल्याण्डका निर्देशक केल्भिङ एन्जीले बेलायती शिक्षालाई आमनेपाली विद्यार्थीमाझ सर्वशुलभ बनाउन हेराल्डसँग साझेदारी गरेको बताए। 

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया