Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

चिट चोराउने भन्दै पैसा असुल्ने शिक्षक पक्राउ

सोमबार, २२ चैत्र २०७२

काठमाडौँ, २२ चैत्र ।  एसएलसी परीक्षामा चिट चोराएर पास गराइदिने प्रलोभन दिएर परिक्षार्थीहरुसँग रकम असुलेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।   वीरगन्जको माइस्थानमा रहेको सामुदायिक विद्यालय माइस्थान  विद्यापिठ माध्यमिक विद्यालयका शिक्षक जितेन्द्र पटेललाइ प्रहरीले आइतवार पक्रेको हो । माइस्थान विद्यापिठ माविमा पनि एसएलसी परिक्षाको परिक्षा केन्द्र रहेको छ । 

आइतवार बिहान गणित विषयको परीक्षा चलिरहेका बेला ६ जना परीक्षार्थीहरुले परस्क्षामा आफुहरुले चिट नपाएको भन्दै केन्द्राध्यक्षसमेत रहेका प्रधानाध्यापक विनोद मेहतासामू गुनासो गरेपछि शिक्षक पटेलले विधार्थीसँग रकम असुलेको खुलासा भएको हो । 

विद्यार्थीहरुले होहल्ला गरेपछि प्रहरीले शिक्षक पटेललाई पक्रेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार शिक्षक पटेलले ६ जना परीक्षार्थीहरुसँग दुइ तीन हजारका दरले कुल १६ हजार रुपैयाँ असुलेका थिए । 

माइस्थान विद्यापिठ परिक्षा केन्द्रका केन्द्राध्यक्ष एवम् प्रधानाध्यापक मेहताले पनि शिक्षक पटेलले चिट चोर्ने वातावरण मिलाइदिने प्रलोभन दिएर रकम असुलेको आरोप परीक्षार्थीहरुले लगाएको बताए ।

'पटेलको गितिविधि शंकास्पद भएकै कारण यसपालीको परिक्षामा मैले उनलाइ गार्ड खटाएको थिइनु , उनले भने, ‘परीक्षा केन्द्र बाहिरैबाट उनले गलत काम गर्दै आएका रहेछन् ।' यस्तै पर्साको भिस्वा गाविसमा रहेको मङगल उच्च मावि परिक्षा केन्द्रमा निरीक्षकमा खटिएका त्यही विद्यालयका गणितका शिक्षक हरिमाधव यादवले एसएलसी परिक्षार्थीहरुसँग रकम असुलेका छन् । 

मङ्गल उच्च मावि परीक्षा केन्द्रमा परिक्षा दिइरहेका ३०/३५ जना विद्यार्थीहरुसँग शिक्षक यादवले गणित विषयको परिक्षा पास गराइ दिने प्रलोभन दिए जनही पाँच हजार रुपैयाका दरले रकम असुलेका हुन् ।

आइतवार भएको गणित विषयको परिक्षामा चीट चोराएर पास गराइदिने ग्यारेन्टी दिएर यादवले परीक्षार्थीहरुसँग जनही पाँच हजारका दरले रकम असुलेको पीडित विधार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुसँग पैसा लिएको सुचना पाए पछि प्रहरीले आइतवार परीक्षा केन्द्रमा खटिएका निरीक्षक यादव माथि परिक्षा अवधीभर विशेष निगरानी राखेको थियो । जसका कारण यादवको चीट चोराउने प्रयास विफल भएको एक प्रहरी अधिकृतले बताए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया