Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

कालोबजारी र महंगीका विरुद्ध विद्यार्थीको प्रदर्शन जारी 

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ – कालोबजारी तथा महंगीका विरुद्ध विभिन्न विद्यार्थी संगठनले आफ्नो आन्दोलन जारी राखेका छन् ।  बिहीबार राजधानीको प्रदर्शनीमार्गस्थित आर आर क्याम्पसअगाडी प्रदर्शन गरी आन्दोलनको शुरुवात गरेको थियो । 

सोही आन्दोलनअन्तर्गत आइतबार देशभरका सदरमुकाममा प्रदर्शन गरी कालोबजारी विरुद्धको विरोध जारी राखेको नेविसंघ प्रवक्ता युपी लामिछानेले एडुखबरलाई जानकारी दिए ।  आइतबार दिउसो १२ देखि २ बजेसम्म राजधानी काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका जिल्ला सदरमुकाममा एमाले, एमाओवादी र कांग्रेस लगायत विभिन्न पार्टीका विद्यार्थी भातृ संगठनले प्रदर्शन गरेका हुन् । 

शिक्षामन्त्रीलाई ज्ञापनपत्र 

आन्दोलनअन्तर्गत सयुक्तँ विद्यार्थी संघ संगठनले भोली सोमबार शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै छन् ।  नयाँ शैक्षिक  सत्र शुरु हुनै लाग्दा विभिन्न नीजि विद्यालय सञ्चालकले विद्यार्थी भर्नाका नाममा चर्को शुल्क लिने गरेकामा त्यसका विरुद्धमा शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाइन लागिएको नेविसंघ प्रवक्ता लामिछानेले बताए । 

साथै गत बैशाख १० गते विद्यार्थी भातृ संगठन, सरकार र नीजि विद्यालय सञ्चालक प्याब्सनबीच भएको सहमति पनि कार्यान्वयन गर्ने बारेमा ध्यानाकर्षण गराइने उनले जानकारी दिए । 

भारतीय नाकाबन्दी खुल्दा पनि ग्यासँ वितरण सहस नभएको, कालोबजारी र महंगी बढेको भन्दै कांग्रेसनिकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी, बैद्य र विप्लव निकट अखिल क्रान्तिकारी लगायत पार्टीका विद्यार्थी भातृ संगठन सडकमा उत्रिदै विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रकाशित मिति : २०७२ बैशाख २१ गते । 

प्रतिक्रिया