Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

रुखबाट खसेर विद्यार्थीको मृत्युु

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ, २१ चैत । तिराम–६ प्यूठान घर भई हाल महेन्द्र नमुना उच्च मावि खलङ्गामा कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको शनिबार रुखबाट खसेर मृत्यु भएको छ ।  प्यूठान नगरपालिका–५ पाण्डेडाँडामा पछिल्लो पाँच वर्षदेखि बस्दै आएका २४ वर्षीय फनबहादुर पुनको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।  

पाण्डेडाँडाका तालबहादुर बस्नेतको घरमा बस्दै आएका पुन घर नजिकै रहेको खन्यूको घाँस काट्न रुखमा चढेका थिए । पुनले उच्च माविअन्तर्गत कक्षा १२ को परीक्षाको तयारीसमेत सुरु गरेको उहाँको बुबा मानबहादुर पुनले जानकारी दिए । पुनको मृत्युका कारण उनको परिवार अहिले शोकमा परेको छ ।  

रासस 

 

प्रतिक्रिया