Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

परीक्षा केन्द्रमा परीक्षार्थी र पत्रकार दुबै नक्कली !

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ, २१ चैत्र । एसएलसी परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  परीक्षाको दोश्रो दिन नेपाली विषयको परीक्षा चलिरहँदा केन्द्रमा नक्कली पत्रकार परिचय पत्र (प्रेसपास) बोकेर भित्र छिरेका पक्राउ परेका हुन्। 

नेमधारी बासुदेव उच्च मावि मुडवलवा परीक्षा केन्द्रमा जबरजस्ती प्रवेश गर्न खोज्ने झुनखुनवा गाविस–१ का २२ बर्षीय विकास कुमार यादव पक्राउ परेको प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बताए।  गौरबाट प्रकाशित हसने राजदेवी दैनिकको नक्कली प्रेस पास बनाएर परीक्षा केन्द्रमा छिरेका उनलाई सोही दैनिकका प्रकाशक रामपुकार राउतले पक्राउ गर्न सघाएको प्रवक्ता पासवानले बताए। 

यस्तै रौतहटको लौकाहा गाविसस्थित ब्रम्ह ज्योती उमावी परीक्षा केन्द्रबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। नेपाली बिषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी मनेजर राय यादवलाई अनुगमनमा खटिएको टोलीले पक्राउ गरेको हो। 

परीक्षार्थी सरोजकुमार यादवको सट्टामा मनेजरले जाँच दिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन्। 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया