Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

एसएलसीको तेश्रो दिन आज परीक्षार्थीले गणित विषयको परीक्षा दिदैँ 

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ – बिहीबारबाट शुरु यस बर्षको एसएलसी परीक्षाको तेश्रो दिन आज आइतबार अनिवार्य गणित विषयको परीक्षा हुदैँ छ ।  विहान ८ बजेबाट शुरु परीक्षामा सवा ६ लाख विद्यार्थीहरु सहभागी हुदै छन् । देशभरका झण्डै २ हजार परीक्षा केन्द्रमा सञ्चालित परीक्षा व्यवस्थित र मर्यादित भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले दाबी गरेको छ । 

बिहीबार अंग्रेजी र शुक्रबार नेपाली विषयको परीक्षामा देशका केही ठाउँमा सामान्य झडप, अमर्यादित काम भएपनि आजदेखि सुरक्षा व्यवस्था कडा पारिएको परीक्षा नियन्ंत्रक कृष्णप्रसाद काप्रीले बताए ।

बिहीबार र शुक्रबारको परीक्षामा दर्जन बढी विद्यार्थी र त्यतिकै संख्यामा निरिक्षकहरु अमर्यादित काम गरेको भन्दै निष्काशित भएका थिए । आइतबार केही गाहा्रे लाग्ने गणित विषयका दिन पनि अमर्यादित काम गर्नेलाई कारबाही गरिने परीक्षा नियंन्त्रक काप्रीको भनाई छ ।

प्रकाशित मिति : २०७२ चैत्र २१ गते ।

 

प्रतिक्रिया