Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कालोबजारीका विरुद्ध सडकमा विद्यार्थी

शनिबार, २० चैत्र २०७२

काठमाडौँ, २० चैत्र । कालोवजारी,महङ्गी र भ्रष्टाचारका विरुद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन गरेका छन्। भृकुटीमण्डपबाट शुरु भएको जुलुश पुतलीसडक, बागवजार हुँदै रत्नपार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो। 

सभामा बोल्दै अनेरास्ववियुका अध्यक्ष नविना लामाले कालोवजारीको अन्त्य नहुंदासम्म संयुक्त आन्दोलन जारी रहने बताइन्। 'कालोबजारीको समुल नष्ट नभए सम्म यो आन्दोलन जारी रहन्छु, लामाले भनिन्। नेपाल विद्यार्थी संघका प्रवक्ता युपि लामिछानेले कालावजारीलाई घुडा टेकाएरै छोड्ने चेतावनी दिए। उनले भने, 'जुनसुकै परिस्थितिमा पनि कालाबजारीको अन्त्य गर्ने छौ।' 

एमाओवादी निकट अखिल ९क्रान्तिकारी०का उपाध्यक्ष रञ्जित तामाङले कालोवजारी र भ्रष्टाचारका मतियारहरु सिहंदरवार भित्रै संरक्षित रहेको आरोप लगाए। विरोध सभालाई वैद्य निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विरेन्द्र वस्नेत,अखिल (छैठौ) का अध्यक्ष अनिलकिशोर घिमिरे,अखिल (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र वस्नेत लयायतले सम्वोधन गरेका थिए।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया