१. दृष्टिविहीन तथा शारीरिक अपांग विद्यार्थीहरु धेरै टाढा आवतजावत गर्न वा अपरिचित वातावरणमा समायोजित हुन गाह्रो हुने र परीक्षाको लागि सहयोगीको समेत व्यवस्थापन गर्नुपर्ने कारणले दृष्टिविहीन लगायत विशेष आवश्यकताका विद्यार्थीहरुलाई आफ्नै विद्यालयमा केन्द्र छ भने त्यसमानै र नभए सबभन्दा नजिकको केन्द्रमा परिक्षाको व्यवस्था गर्नुपर्ने देखियो ।
२. डोल्पा जिल्लामा टाढा केन्द्र परेको र परिक्षाको लागि बसोवासको प्रबन्ध तथा खानपानमा लाग्ने खर्चका कारण केहि परिक्षार्थिहरु परिक्षामा अनुपस्थित भएको अवस्था प्रधनाध्यापकहरुले अभिव्यक्त गरे, दुर्गम जिल्लाहरुमा विद्यार्थिहरुको सुविधाको लागि गृह केन्द्रबाट नडराई व्यवस्थित गर्ने तर्फ ध्यान पुर्याउनु पर्न देखियो, त्यस्ता जिल्लाहरुका गरिबीको रेखामुनी रहेका घर छाडी बाहिर बसोबास गरी परिक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरुको लागि परिक्षा खर्च उपलब्ध गराउनु पर्ने देखियो ।
३. परिक्षा सकिएपछी उत्तरपुस्तिका व्यवस्थापन समेतको कार्य गर्दा दिउसो १.०० बज्दा सम्म परीक्षाको काममा खटिएका केन्द्राध्यक्ष देखि सुरक्षाकर्मी सम्म भोकभोकै बस्नुपर्ने र खाना खानको लागि उपलब्ध पारिश्रमिकले नपुग्ने भएकोली परिक्षा संचालन गर्न गाह्रो हुने अनुभव केन्द्राध्यक्षहरुको पाइयो जुन यथार्थ पनि हो ।
४. दुर्गम जिल्लाहरुमा तोकिएको समान नर्म्सले व्यवस्थापन गर्न अस्म्भवनै छ, ढुवानी खर्च, अन्य सामग्री खर्च, अनुगमन लगायतको खर्चले न त जिल्ला शिक्षा कार्यालयले प्रभावकारी कार्य सम्पादन गर्न सक्छ न त केन्द्राध्यक्षले, तसर्थ परीक्षाको नर्म्समा सामयिक सुधारका साथै दुर्गमका लागि विशेष प्रकारको थप प्रोत्साहन आवश्यक देखियो ।
पाण्डे शिक्षा मन्त्रालयका सहसचिव हुन् ।
प्रतिक्रिया