Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

उप जिल्ला शिक्षा अधिकारीको व्यवस्था गर्ने मन्त्रीपरिषदको निर्णय 

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ – जिल्लामा व्यवस्था गरिएको सहायक जिल्ला शिक्षा अधिकारी पदले बैधानिकता पाएको छ । यसअघि अवैधानिक रुपमा बढी चाप भएको जिल्लामा जिल्ला शिक्षा अधिकारीले सहायक जिल्ला शिक्षा अधिकारीको नियुक्त गरी काम चलाउने गरेका थिए ।  

शुक्रबार सहायक जिल्ला शिक्षा अधिकारीका ठाउँमा उप जिल्ला शिक्षा अधिकारीको व्यवस्था गरेसंगै यो पद बैधानिक भएको हो ।  यसअघि आवश्यकता अनुसार जिल्लामा सहायक जिल्ला शिक्षा अधिकारीको नियुक्ति व्यवस्थालाई परिवर्तन गरी सोही पदलाई बैधानिक रुपमा उप जिल्ला शिक्षा अधिकारी बनाइएको शिक्षामन्त्रीका प्रेस संयोजक राजेश चाम्लिङले बताए ।  

‘यसअघि सहायक जिल्ला शिक्षा अधिकारी पद बैधानिक थिएन् । आवश्यकता अनुसार मात्रै राखिन्थ्यो’ उनले भने ‘मन्त्रीपरिषदको बैठकले सो पदलाई बैधानिक बनाउन निर्णय गरेपछि अब अनिवार्य रुपमा हरेक जिल्लामा उप जिल्ला शिक्षा अधिकारीको नियुक्त गरिनेछ ।’ 

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदले यस्तो निर्णय गरेपछि जिल्ला शिक्षा कार्यालयमा रहेका ४ सय ८५ सहसचिवहरुमध्ये अब विभिन्न जिल्लामा उप जिल्ला शिक्षा अधिकारीका रुपमा नियुक्त हुनेछन् ।  शिक्षामन्त्री गिरीराजमणि पोखरेलले केही महिना अघिको मन्त्रीपरिषद बैठकमा यस विषयको प्रस्ताव गरेकामा शुक्रबार मात्र मन्त्रीपरिषदले यसलाई निर्णय गरेको हो । 

सो पदलाई बैधानिक गर्न शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई चर्को दबाब समेत थियो ।  

प्रकाशित मिति : २०७२ चैत्र १९ गते । 

प्रतिक्रिया