Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

उपचार नपाउँदा एसएलसी परीक्षार्थीको मृत्यु

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत । खोटाङको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ ।  शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो । 

पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दीपक पौडेलले बताए । सामान्य ज्वरो आउँदाआउँदै हिजो औषधि खाएर अङ्ग्रेजी विषयको परीक्षा दिएकी थिइन् ।  

टाइफाइडको समस्याले बतासे–४ भङ्डारेघाट निवासी ती छात्राको मृत्यु भएको जानकारी आएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया