Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

रौतहटमा चार जना परीक्षा निरिक्षक निष्काशित 

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ – बिहीबारबाट शुरु भएको एसएलसी परीक्षाको पहिलो दिन नै रौतहटमा चार जना निरिक्षकलाई निष्काशित गरिएको छ ।  बिहीबार भएको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले रौतहटका चार जना परीक्षा निरीक्षकलाई निष्काशित गरेको हो । 

निष्काशित हुनेमा उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रका इन्द्र चौधरी र रामदयाल साह रहेका छन् ।  यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ । 

परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।  

रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी छन् । 

रासस 

 

प्रतिक्रिया