Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पढाइबिनै एसएलसी परीक्षा

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १८ चैत्र । वैशाखको भूकम्पले जेठसम्म पढाइ रोकियो। साउनभरि बर्खेबिदा। भदौदेखि मंसिर ६ गतेसम्म आन्दोलनले तराई–मधेसका विद्यालय पूरै बन्द। मंसिर ७ पछि फागुनसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र पढाइ भो। तर, यसबीच आन्दोलन चर्किंदै जाँदा पटकपटक कर्फ्युले पढाइ रोकियो। कोर्स नसकिएपछि सबै विषय एकसरो पढ्न पनि कोचिङ कक्षा जानुपर्योै।ु

बिहीबार (आज) बाट यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) दिन लागेकी वीरगन्जस्थित त्रिभुवन हनुमान माविकी सुजाताकुमारी गुप्ताको भनाइ हो यो। छ महिना लामो मधेस आन्दोलन र भूकम्पका कारण नियमित कक्षा सञ्चालन हुन नसकेपछि एसएलसी परीक्षा आउनु केही दिनअघिसम्म उनी सरसर्ती कोर्स सक्न ट्युसन सेन्टर धाउँदै थिइन्। 

बन्दका कारण विद्यालयमा पढाइ रोकिएपछि एसएलसी पास गर्न मासिक एक हजारभन्दा बढी शुल्क तिरेर ट्युसन सेन्टर धाउनुपरेको उनले सुनाइन्। ट्युसनमा उनले अफ्ठेरो भनिएका गणित, अंग्रेजी र विज्ञान विषय मात्र पढिनन्, विद्यालयमा कोर्स नसकिएका अन्य सबै अनिवार्य र ऐच्छिक गरी ८ वटै विषय पढिन्। 

भन्छिन्, 'विद्यालय चल्ने समयमा जति बेला पनि आन्दोलन भयो। विद्यालयमा पढाइ नै नभएपछि हजारौँ खर्च गरेर दुई महिनादेखि ट्युसन पढ्न बाध्य भएँ। घरमै आफैँ पढ्न खोज्दा धेरै कुरा बुझ्न समस्या भयो।'  सुजातासँगै उनको विद्यालयका सबै जसो विद्यार्थी कोही ट्युसन त कोही कोचिङ कक्षामा कोर्स पूरा गर्नैका लागि भर्ना हुन बाध्य भएका थिए। 

सप्तरीका तनवीर अस्फाक जनता मावि बिसनपुरका विद्यार्थी हुन् तर उनी विद्यालयमा हाजिर छैनन्। एसएलसी परीक्षाको एक साताअघिसम्म उनीसँगै उनको विद्यालयका २८ जना विद्यार्थी राजविराजस्थित दुइटा ट्युसन सेन्टरमा पढिरहेका थिए। अस्फाकले भने, ुविद्यालय खुलेलगत्तै भुइँचालो र त्यसपछि आन्दोलनले पढाइ नभएपछि राजविराज आएर पढ्न सुरु गरेका हौँ। एसएलसी पास गर्नुपर्छ भनेर राजविराजमा आएर पढ्न झन्डै २२ हजार खर्च भइसकेको छ।ु ट्युसन सेन्टरमा पनि बन्द र कर्फ्युको समयमा पढाइ अवरुद्ध हुँदा मुस्किलले कोर्स सकिएको तर दोहोर्योउन नपाएको उनले गुनासो गरे। 

पर्सा र सप्तरीका विद्यार्थी मात्र होइनन्, बिहीबारबाट एसएलसी परीक्षामा सहभागी हुने तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका गरी ८ वटै जिल्लाका ६० हजारभन्दा बढी विद्यार्थी विद्यालयको नियमित कक्षाबिनै यसपटकको एसएलसी परीक्षामा सहभागी हुँदैछन्।  विद्यालयमा कोर्स नसकिएका विद्यार्थीमध्ये धेरैले घरमै स्वअध्ययन गरिरहेका छन् भने कोहीले ट्युसन तथा कोचिङ गएर भए पनि पढेका छन्। 

भदौदेखि सुरु भएको मधेस आन्दोलनका कारण तराईका यी जिल्लाका अधिकांश विद्यालय ९० दिनभन्दा बढी बन्द भएका छन्। नियमअनुसार विद्यालय एक वर्षमा २ सय २० दिन खुला रहनुपर्छ भने एक सय ९२ दिन नियमित कक्षा सञ्चालन हुनुपर्नेछ। मधेस आन्दोलन, बर्र्खेबिदा, भूकम्प र चाडबाडका कारण तराईका कुनै पनि विद्यालयमा यो नियम पालना हुन सकेन। 

लगातार मधेस आन्दोलन, भूकम्प र मधेस आन्दोलन अगाडिको एकमहिने बर्खेबिदाका कारण नियमित कक्षा नभएपछि एसएलसी दिने विद्यार्थीको पढाइ पूरा गर्न नसकिएको सिरहा, लाहनस्थित पशुपति आदर्श उच्च माविका प्रधानाध्यापक परमेश्वर राय बताउँछन्। 

'एसएलसी दिने विद्यार्थीको करिब ८० प्रतिशत कोर्स नै पूरा गर्न सकिएन,' उनले भने, 'नियमित कक्षा नहुँदा एकैपटक कोर्स सिध्याउन हतारमा पढाउँदासमेत कोर्स पूरा गर्न समस्या पर्योन।'  उनले आन्दोलनको समयमा विद्यालय पोसाक नलगाई, कोचिङ कक्षा, बिदाको दिन पढाउँदासमेत कोर्स पूरा गर्न नसकेको स्विकारे।

प्रधानाध्यापक रायका अनुसार लगातारको बन्दपछि खुलेको तीन महिना अवधिमा वर्षभरिको कोर्स छिटोछिटो पढाउँदा विद्यार्थीलाई बुझाउनसमेत समस्या परेको छ। ुबन्दको मारमा परेका तराईका जिल्लामा केही समयपछि मात्र परीक्षा सञ्न्चालन गरेको भए राम्रो हुनेथियो,ु उनले भने, ुतर सरकारले परीक्षा नसारेका कारण धेरै विद्यार्थी घरमै पढेर, कोचिङको भरमा परीक्षामा सहभागी हुँदैछन्।ु

रेडियो, टिभी कार्यक्रम प्रभावहीन 

तराईका जिल्लामा कक्षा सञ्चालन नभएपछि सरकारले आठवटै जिल्लाका विद्यार्थीलाई लक्षित गरी रेडियो, टेलिभिजन, इन्टरनेट तथा मोबाइल एप्समार्फत एसएलसी तयारी कक्षा चलाएको छ। विद्यालयमा नियमित रुपमा पढ्न नपाएका विद्यार्थीले उक्त सेवा प्रयोग नै नगरेको बताएका छन्। 

महोत्तरीको दुर्गा माविका विद्यार्थी रविनकुमार साह आफ्नो घरमा टिभी नै नभएका कारण सरकारले टिभीबाट पढाएको विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन्। ु घरमा टिभी नै छैन, कहाँबाट पढ्नुरुु उनले भने, 'त्यसमाथि पनि यस्तो लोडसेडिङ हुने देशमा टिभीको पढाइ कसरी पढ्न सकिन्छ?   उनले रेडियो, टिभीमा पढाएको विषयमा आफ्नो विद्यालयका कसैलाई पनि जानकारी नभएकाले धेरै साथी ट्युसन गएको बताए। 

महोत्तरीको बर्दिबासमा रहेको बर्दिबास एजुकेसन फाउन्डेसन एन्ड ट्युसन सेन्टरमा एसएलसी तयारी गरिरहेका विभिन्न १० वटा विद्यालयका ७२ विद्यार्थीले रेडियो तथा टिभीबाट नपढेको बताए। उनीहरुले कोर्स सकाउने चिन्तामा रहेका कारण रेडियो, टिभीभन्दा पनि ट्युसन सेन्टरमा नै भर्ना हुनुपरेको जानकारी दिए। महोत्तरीकै शंकर राष्ट्रिय माविका भूपेन्द्र राय भन्छन्, ुरेडियो, टिभीमा कति बजे, कस्तो कार्यक्रम आउँछ भन्ने नै थाहा छैन,'मलाई त कसरी कोर्स सकेर पुनः दोहोर्यानएर पढ्ने भन्ने मात्र चिन्ता छ।' 

सर्लाहीका चतुरभुजेश्वर उच्च माध्यमिक विद्यालयका गणित शिक्षक दिनेश साहले पनि विद्यार्थीले रेडियो टिभीमा नपढेको जानकारी दिए। 'हामीले उनीहरुलाई जानकारी गराएका थियौँ,ु उनले भने, 'तर लोडसेडिङ तथा समयको समस्याका कारण र नबुझेको कुरा सोध्न नमिल्ने भन्दै विद्यार्थीहरुले नपढेको गुनासो गरेपछि कोचिङ चलाएर पढाएका हौँ।' 

जनकपुरको सकल भवन कन्या उच्च माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र ठाकुरले जनकपुरकै एम्बिसन प्वाइन्ट ट्युसन सेन्टरमा पढाउँछन्। 'मैले पढाउने सेन्टरमा १५ वटाभन्दा बढी विद्यालयका विद्यार्थीले एसएलसी तयारी गरेका छन्,ु उनले भने, ुती सबै विद्यालयमा बन्दका कारण कोर्स नसकिएपछि विद्यार्थी कोर्स पूरा गर्न भन्दै सेन्टरमा आएका हुन्।' 

शिक्षा विभागका महानिर्देशक खगराज बरालले बन्दको मारमा परेका जिल्लामा लक्षित गरेर चलाइएको रेडियो तथा टिभी कार्यक्रम कतिको प्रभावकारी भए भन्ने कुरा नतिजा आएपछि थाहा हुने बताए। उनले मधेस आन्दोलनका कारण पठनपाठनमा धेरै समस्या झेलेका तराईका विद्यालयमध्ये धेरैलै शनिबार र बिदाको दिन तथा बिहानबेलुकासमेत पढाएको जानकारी दिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया