Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

७० परीक्षार्थी एसएलसी दिनबाट वञ्चित

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १८ चैत । आजदेखि सुुरु यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट ७० जना परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।  बीचमा विद्यालय छाड्ने, कम उमेर भएका, वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका, परीक्षा फर्म नभरेको, फर्ममा त्रुटि देखिएका र समयमा राजस्व नबुझाएका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट १३ हजार २३५ जना परीक्षार्थी सहभागी भएका छन् ।  

सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार सिरहाबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ नौ हजार ६६५ र एक्जाम्टेडतर्फ तीन हजार ५७० जना सहभागी छन् । व्यवस्थित र मर्यादित रुपमा परीक्षा सञ्चालनका लागि सिरहामा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिशिअ महतोले बताए । 

रासस 

 

प्रतिक्रिया