Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी परीक्षामा फेरी विद्यार्थी वञ्चित

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत । यस वर्षको एसएलसी परीक्षामा पाल्पा जिल्लाबाट १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।   जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार बीचमा विद्यालय छाड्ने, कम उमेर भएका र वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।  

विद्यार्थी स्वयम् र विद्यालयको लापर्बाहीका कारण १४५ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपरेको अभिभावकको गुनासो रहेको छ ।  यस वर्षको एसएलसी परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हँुदैछ । परीक्षामा पाल्पा जिल्लाबाट छ हजार ८४६ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । नियमिततर्फ पाँच हजार ३२९ र एक्जेम्टेडतर्फ एक हजार ५१७ जना विद्यार्थी रहेका छन् ।  

पाल्पा जिल्लाका २४ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा दमकडा उच्च माविको परीक्षा केन्द्रमा सबैभन्दा बढी ४७० परिक्षार्थी र सबैभन्दा कम किसान उच्च मावि झडेवा परिक्षा केन्द्रमा १५६ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय पाल्पाका लेखा अधिकृत दिवाकर अर्यालले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया