Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसी अनुगमन : प्रदेश अनुसार सहसचिव खटिए

मंगलबार, १६ चैत्र २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले एसएलसीलाई मर्यादित बनाउन भन्दै १७ जना सहसचिवलाई खटाएको छ ।  जिल्ला स्तरमा हुने अनियमिततालाई रोक्न केन्द्रबाटै सहसचिवलाई जिल्लामा खटाइएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले यसपटक प्रदेश अनुसार सहसचिव खटाएको छ । नयाँ संंविधान जारी भईसकेको अवस्थामा प्रदेश अनुसार सहसचिव खटाईएको अनुगमन महाशाखाका प्रमुख समेत रहेका सहसचिव डा. डील्लिराम रिमालले बताए ।

मन्त्रालयले यस अघि अञ्चलका आधारमा अनुगमनन टोली खटाउँथ्यो । 'संविधान जारी भईसकेको सन्दर्भलाई ध्यान दिएर यसपटक प्रदेश अनुसार अनुगमन टोली खटाएका हौं' उनले भने, 'संविधान कार्यान्वयनका लागि मन्त्रालयले एउटा शुरुवात गरेको हो ।'

प्रदेशको आधारमा सहसचिव खटाएको भएपनि त्यसको आधार भने जिल्लालाई नै मानिएको छ । अहिले नै संविधान पूर्णरुपमा कार्यान्वयन नभईसकेको र कुनै न कुनै आधार मान्नु पर्ने भएकोले जिल्लालाई मानिएको रिमालले बताए । जस अनुसार हरेक प्रदेशका विभिन्न जिल्लाहरुमा सहसचिव खटाईएको उनको भनाई छ ।

डा. हरीप्रसाद लम्साललाई ताप्लेजुङ, पाँचथर, इलाम, र झापामा खटाइएको छ भने रिमालको जिम्मामा संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमको अनुगमन परेको छ । यतै बाबुराम पौडेललाई सोलुखुम्बु, खोटाङ र ओखलढुङगा, इमनारायण श्रेष्ठलाई मोरङ, सुनसरी, उदयपुर, सिराहा र सप्तरी खटाइएको छ । बैकुण्ठ अर्याललाई महोत्तरी, धनुषा, सर्लाही र रौतहटमा पठाउने भएको छ ।

शेरबहादुर ढुङगानालाई बारा, पर्सा, चितवन, मकवानपुर, देवकुमारी गुरागाईलाई दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकमा खटाईको छ । डा. तुलसी थपलियालाई रसुवा, नुवाकोट, धादिङ, गोरखा, सूर्यप्रसाद गौतमलाई मनाङ, लम्जुङ, तनहुँ, कास्की, स्याङजा तोकिएको छ । दिवाकर ढुङगेललाई मुस्ताङ, बाग्लुङ, पर्वत र म्यादीमा खटाइएको छ । खगराज बराललाई दाङ, सल्यान, प्यूठान, रोल्पा, रुकुम,  मुकुन्द प्रसाद निरौलालाई बाँके, बर्दिया र नवलपरासीमा खटाइएको छ ।

लेखनाथ पौडेललाई पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तुको जिम्मेवारी दिइएको छ । बिष्णुबहादुर द्वारेलाई सुर्खेत, दैलेख र जाजरकोट पठाइएको छ । डा. लवदेव अवस्थीलाई कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङको जिम्मेवारी दिएको मन्त्रालयको अनुगमन महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०७२ चैत १६ गते

प्रतिक्रिया