Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

केन्द्राध्यक्षको नियुक्तिमा सकस किन ? 

सोमबार, १५ चैत्र २०७२

    Indra Lal Sharma's Profile Photo              

Indra Lal Sharma

  यहि चैत १८ गते देखि संचालन हुने एस.एल.सी. को परीक्षा संचालन गर्न विभिन्न जिल्लामा केन्द्राध्यक्षको भागवण्डाको नियुक्तिको मुद्घालाई लिएर परीक्षा संचालन गर्ने पदाधिकारीहरु सकसमा परेको कुरा विभिन्न पत्र पत्रिकाबाट जानकारीमा आएको छ । केहि वर्षदेखि यो भागवण्डाको रोगले विभिन्न तहमा वा विभिन्न निकायमा निकै जरा गाडेको देखिन्छ ।  सबैभन्दा पहिले परीक्षा संचालन गर्ने पदाधिकारीहरु ईमान्दार÷निष्पक्ष र कतव्र्यपरायन हुनुपर्छ । त्यसपछि भागवण्डा खोज्ने विभिन्न राजनैतिक पार्टी सम्बद्घ शिक्षक संघ÷संगठनहरुलाई आवश्यकता अनुसार आफनो समुहका वरिष्ठ मा.वि. प्रअ÷शिक्षकहरुको नाम समावेश गर्न लगाउने र आवश्यकता अनुसार सबै समुहको पर्ने गरि वरिष्ठतालाई ख्याल गरि केन्द्राध्यक्षको नियुक्ति गर्नु आवश्कता देखिन्छ । त्यस पछि केन्द्रै पिच्छे अधिकृततहको कर्मचारी समावेश भएको अनुगमन÷पर्यवेक्षण समिति गठन गरि सो समितिलाई गलत काम गर्ने कर्मचारी, निरीक्षक, सहायक केन्द्राध्यक्ष र केन्द्राध्यक्ष समेतलाई कारबाही गरि हटाउन र सो रिक्त स्थानमा तत्काल नियुक्ति गरि कार्य संचालन गर्न सक्ने अधिकार दिन सकियोे भने अर्को सालको परीक्षा देखि गलत काम गर्नको लागि कसैले पनि भागवण्डाबाट गलत नियतले केन्द्राध्यक्ष बन्न चाहदैन्थ्यो । अर्को कुरा गलत काम गरेकोमा कस्ता खालका व्यक्तिहरु कारबाहीमा  परे त्यो पनि प्रष्ट हुन्थ्यो । तर जिम्मेवार अधिकारीले आफनो अधिकार कार्यान्वयन गर्न भने सक्नुपर्छ । अनि मात्र परीक्षा मर्यादित र शान्तीपुर्ण तरीकाले सञ्चालन हुन सक्छ । 

 

प्रतिक्रिया