Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षाविद कोइरालाको 'शिक्षामा सोचान्तरण’ पुस्तक विमोचन 

सोमबार, १५ चैत्र २०७२

काठमाडौँ, १४ चैत । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले लेखेको ‘शिक्षामा सोचान्तरण’ र यादव आचार्यले ‘जनवादी शिक्षा’ नामक कृति बजारमा आएको  छ ।  कोइरालाको पुस्तकमा प्रशासन र संरचना मिलनबिन्दुको खोजी, प्राथमिकता नदिँदा शिक्षामा अन्योल, उच्च शिक्षाको पुनः व्यवस्थापन, पढाउने तरिका बदल्ने कि रु शान्तिको विविध पाटो, साम्यवादी सोंचमा रुपान्तरणको शिक्षालगायत ७७ वटा विषय समावेश गरिएको छ । 

त्यस्तै आचार्यको कृतिमा जनवादी शिक्षाको सैद्धान्तिक बुझाइ तथा दार्शनिक आधार, कम्युनिस्ट सत्ता भएका देशको शिक्षा प्रणाली, जनवादी शिक्षाबारे कम्युनिस्ट नेताको बुझाइलगायत विषय समावेश गरिएको छ ।  

माइलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडद्वारा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनयापनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व रहेको बताउँदै त्यसले उनीहरुलाई आम्दानी र उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे । 

उनले भने – “हामीमा नेपालीपनको भावना घट्दै गएको छ, परिवर्तनका वाहक भनिएका कम्युनिस्टबाट यस्तो खतरा देखापरेको छ ।”  विगतमा कम्युनिस्टले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्ने मान्यता गलत बुझाइ रहेकामा प्रष्ट पार्दै उहाँले समाजप्रतिको जिम्मेवारी र राष्ट्रिय भावना जागृत गराउने शिक्षाको खाँचो औल्याए ।  

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अबको शिक्षाले विद्यार्थीलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै जनवादी शिक्षाले मानिसलाई आलोचनात्मक चेतना दिन सक्नुपर्ने विचार व्यक्त गरे ।  प्रा डा लेखनाथ शर्मा, नेकपा (एमाले) का नेता खिमलाल भट्टराईले दुवै पुस्तकले अबको शिक्षामा समयानुसार सुधार गरी वैज्ञानिक बनाउनुपर्ने र सबैको पहुँच पु¥याउनुपर्ने सन्देश दिएको बताए । लेखक कोइराला र आचार्यले प्राविधिक शिक्षाको विकास गरी उत्पादन, श्रमसँग जोड्नुपर्ने विचार राखे । 

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद प्रदीपले आध्यात्मिक, साहित्य तथा राजनीतिक दर्शनलगायतका पुस्तकको प्रवद्र्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया