Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्र बुझाउने शिक्षक विरुद्ध अख्तियार

आइतबार, १४ चैत्र २०७२

भक्तपुर - शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालयका शिक्षक दिनानाथ पोखरेलले शुरू नियुक्ति प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ । पोखरेलले वीर बहादुर सिंह पूर्वाञ्चल विश्वविद्यालय जौनपुर भारतको प्रमाणपत्र बुझाएको र उक्त प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

सन् २००७ मा स्नातकोत्तर (एम.ए.) उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएको छ अख्तियारले जनाएको छ । पोखरेल उपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजायको मागदावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको जनाएको छ ।

प्रकाशित मिति २०७२ चैत १४ गते

प्रतिक्रिया