Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नागरिक शिक्षाको आवश्यकता

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत । ‘राज्य निर्माणमा नागरिक शिक्षाको आवश्यकता’लाई केन्द्रित बनाएर जुम्ला खलङ्गामा विचारगोष्ठी सम्पन्न गरिएको छ ।  गोष्ठीमा सहभागी अधिवक्ता गणेशदत्त भट्टले कुनै पनि संविधान आस्थाको दस्तावेज रहेको भन्दै त्यसको रक्षा गर्नु नागरिकको दायित्व भएको बताए ।  

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नागरिक शिक्षाको माध्यमबाट नैतिकता प्रदान गर्न सकिने विचार व्यक्त गरे । 

नागरिक अधिकार, कर्तव्य, सचेतनाका विषयमा जानकारी नहुन्जेल राष्ट्र निर्माण नहुने जनाउँदै उहाँले यसका लागि देशका दलहरुले सही भूमिका खेल्नुपर्ने बताए ।  सहभागी डा चन्द्रदेव भट्टले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिकरुपमा सम्पन्न राष्ट्र भएको जनााएका थिए । 

कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज र पत्रकारले नागरिक शिक्षाको लागू माथिल्लो तहबाटै हुनुपर्नेमा जोड दिए । 

रासस 

 

प्रतिक्रिया