Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

दुई सय विद्यार्थीले परीक्षा दिन नपाउने

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत । हाजिरी नपुगेका कारण जिल्लाका करिब २०० जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।  जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार सामुदायिक र संस्थागत विद्यालयका गरी ७५ प्रतिशत हाजिरी नपुगेका उनीहरुले परीक्षा दिन नपाउने भएका हुन् । 

परीक्षा शाखाका प्रमुख ज्ञानहरि पौडेलका अनुसार यस शैक्षिकसत्रमा २२० दिन विद्यालय खुलेर १९२ दिन पढाइ भएको थियो । पढाइ भएका दिनको ७५ प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले परीक्षा दिन नपाउने भएका हुन् । 

चितवन जिल्लामा यस वर्षको प्रवेशिका परीक्षामा १२ हजार ५२७ विद्यार्थी सहभागी हँुदै छन् । जसमध्ये सामुदायिक विद्यालयका सात हजार ६५१, संस्थागत विद्यालयका चार हजार ७७४, खुल्लाका ७५, प्राविधिकका २६ र निजी तर्फका एकजना परीक्षार्थी छन् ।  

गत वर्षको प्रवेशिका परीक्षामा चितवनबाट १० हजार ४७ जना सहभागी भएका थिए । यस वर्ष प्रवेशिका परीक्षाका लागि ३९ वटा केन्द्र तोकिएको छ ।  आगामी चैत १८ गतेबाट हुने परीक्षामा जिल्लाभरबाट सामुदायिक ९३, संस्थागत ११८, खुला विद्यालयतर्फ एउटा, प्राविधिक विद्यालयतर्फ एउटा र निजीतर्फ एउटा गरी कुल २१४ विद्यालय परिक्षामा सहभागी हुँदैछन् । 

रासस 

 

प्रतिक्रिया