Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विभिन्न विषय पढाउन त्रिविद्धारा आवेदन माग

विहीबार, २४ भदौ २०७२

काठमाडौं २४ भदौ / त्रिभुवन विश्वविद्यालले विभिन्न विषय अध्यापन गराउन १ हजार ४ सय ६४ पदका लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा अध्यापन गराउने प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यकको आवेदन माग गरिएको त्रिविले जनाएको छ । जस अनुसार  विश्वविद्यालयले ४ सय ७ खुल्ला तथा १ हजार ५७ आन्तरिक प्रतियोगिताका आधारमा पदपूर्ति गर्ने जनाएको छ ।

विश्वविद्यालयका अनुसार कृषि तथा पशुविज्ञान तर्फ खुल्ला अन्तर्गत ५० जना माग गरिएको छ भने आन्तारिक तर्फ १५ जना प्राध्यापक र ४ जना सहप्राध्यापक माग गरिएको छ ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानमा खुल्ला प्रतियोगितामा तर्फ ३ जना डेन्टल सर्जरीको आवेदन माग गरिएको छ, भने  आन्तारिक तर्फ १५ जना मागिएको छ ।

विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगितामा ३ सय ४५ जनाको दरखास्त आव्हान गरिएको छ । जसमा खुला तर्फ १ सय ३९, महिला ९१, आदिवासी जनजाती ५६, मधेसी ३९, दलित १८, अपाङ्ग ७ र पिछडिएको क्षेत्रको लागि ४ जनाको कोटा छुट्याइएको त्रिविले जनाएको छ । त्यस्तै यस अन्तर्गत नै आन्तारिक प्रतियोगिताको लागि १ हजार ३० जनाको आवेदन माग गरिएको छ ।

पशुविज्ञान तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको लागि खुल्ला प्रतियोगितामा दरखास्त दिने समय कार्तिक १३ गते तोकिएको छ भने दोब्बर दस्तुरको बुझाएर कात्तिक २० गते सम्म आवेदन भर्न सकिने छ ।

आन्तारिक तर्फ भने कात्तिक ३० र दोब्बर दस्तुर तिरेर मंसिर ७ गते सम्म समय तोकिएको छ । यसै गरी विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगिता तथा आन्तारिक तर्फमा आवेदन दिनेको लागि मंसिर १० र दोब्बर दस्तुर तिरेर मंसिर १७ सम्मको समय तोकिएको छ ।
विज्ञापन सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया