Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

वेबसाइट ह्याक गर्ने कक्षा ११ का विद्यार्थी पक्राउ

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत्र । सरकारी तथा गैरसरकारी कार्यालय गरी दुई सय वटा वेबसाइट ह्याक गरेको अभियोगमा कक्षा ११ मा अध्ययनरत छात्र विकास पौडेल पक्राउ परेका छन् ।  उनलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आइतबार पक्राउ गरेको हो । 

तनहुँ बन्दीपुर घर भई हाल बालाजु हाइट बस्दै आएका बर्षीय पौडेलले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको साइट ह्याक गरेको पनि स्वीकार गरेका महाशाखाले जनाएको छ ।  उनी बालाजुकै एक उच्चमाविमा व्यवस्थापन तथा कम्प्युटर विषयका छात्र हुन् । अपराध महाशाखाका साइबर पिलर प्रमुख प्रहरी निरिक्षक पशुपति रायले वेबसाइट ह्याक गर्ने अभियुक्त पौडेलले अन्तराष्ट्रिय ह्याकर गिरोहसंग पनि सहयोग लिएको बताए । 

वेबसाइट ह्याक गरेपछि पौडेलले ‘एनोनेन्स ओपनेन’ (अज्ञात) भनेर पौडेलले सकेंत छाड्ने गरेका थिए ।  प्रहरी निरिक्षक रायले सोही नामलाई पछ्याउदै वेबसाइट ह्याकर पौडेलसमक्ष पुगेको बताए । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया