Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

माध्यामिक तहमा छुट्टै मोबाइल एप्स !

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत्र । शैक्षिक जनशक्ति विकास केन्द्रले कक्षा आठ, नौँ र दशमा अध्ययनरत विद्यार्थीलाई मोबाइल एप्सको माध्यमबाट पढ्ने व्यवस्था मिलाएको छ । 

केन्द्रले केही दिनअघि ई कक्षा नामको शैक्षिक एप्स तयार गरेर यस्तो व्यवस्था मिलाएको हो । नियमित विद्यालय जान नसकेका तर खुला सिकाई का माध्यमबाट विद्यालय शिक्षाको पठनपाठन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर यस्तो एप्स बनाइएको हो । 

यसका लागी सम्बन्धित व्यक्तिले मोबाइलको प्ले स्टोरबाट ‘ई कक्षा’ नामको एप्स डाउनलोड गर्नुपर्ने हुन्छ ।  एप्स डाउनलोड गरिसकेपछि विद्यार्थीले रिडिङ, लिस्निङ वा भिडियो हेरेर आफुलाई मन परेको विषय अध्ययन गर्न सक्ने केन्द्रले जनाएको  छ ।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया