Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालयमा ‘भर्चुअल क्लास’ !

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत्र । विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या बेहोरिरहेका विद्यार्थीले आगामी शैक्षिक बर्षदेखि कक्षाकोठामा टेलिभिजन हेरेर शिक्षक सिकाई गर्न पाउने भएका छन् । 

यस्ता विद्यार्थीले एकतर्फी रुपमा टेलिभिजन हेरेर महत्वपूर्ण लागेका विषयलाई हतारहतार गरेर कापीमा उतार्ने मात्र होइन्, कुनै कुरा नबुझेमा कक्षामै शिक्षकसंग सोधेजसरी नै टेलिभिजनमा पढाइरहेका शिक्षकसंग पनि जिज्ञासा राख्न सक्नेछन् । 

शिक्षकले पनि टेलिभिजनबाटै उनीहरुको जिज्ञासा मेटाउने प्रयास गर्नेछन् । पढाईमा सुचना प्रविधिको प्रयोग गर्ने सरकारी योजनाअन्तर्गत शिक्षा मन्त्रालयले पहिलोपटक भर्चुअल क्लासमार्फत प्रविधिमा आधारित रहेर पठनपाठन सञ्चालन गर्न लागेको हो । 

यस प्रविधिबाट सञ्चालन गर्दा मुलुकभरको जुनसुकै कुनाका विद्यार्थीले आफु अध्ययनरत विद्यँलयको एउटा कोठामा बसेर काठमाडौँबाट शिक्षकले पढाएको विषयवस्तुबारे जानकारी राख्न पाउनेछन् ।

विद्यार्थीले पनि शिक्षकसंग कक्षाकोठामा बसेर जसरी पढ्न पाउनेछन् । शैक्षिक जनशक्ति विकास केन्द्रले यस प्रविधिको प्रयोग गरेर पढाई सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया