Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

साझा प्रकाशनको साधारणसभा तय

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत । साझा प्रकाशन गृहको स्थगित २३औँ साधारणसभा यही चैत २५ गते संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा हुने भएको छ ।  यसअघि गत असोज १६ गते तय भएको साधारणसभा रोक्न सहकारी विकास बोर्डले पुनरावेदन अदालत, पाटनमा निवेदन दिएपछि सभा स्थगन भएको थियो । 

अदालतको आदेशबाट संस्थाको व्यवस्थापन वैध रहेको र यसले सभा गर्न सक्ने भनी बाटो खुलेपछि नयाँ मिति तय भएको हो ।  प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आठ वर्षदेखि हुन नसकेको साधारणसभा गराएर संस्थाको वस्तुस्थिति सबै सदस्यलाई अवगत गराइने बताए ।  

करिव एक हजार पाँच सय सदस्यले भाग लिने साधारणसभामा अंशियारको तर्फबाट तीन जना सञ्चालक सदस्यको निर्वाचन गर्नेलगायत कार्यसूची छन् । सो पदमा चार जनाको मनोनयन परिसकेको छ । 

शर्माले संस्था बचाउ अभियानकै निरन्तरतामा साधारणसभा कोसेढुङ्गा हुने बताउनुभयो । संस्था करिव रु ४० करोड घाटामा छ ।

रासस 

 

प्रतिक्रिया