Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

स्ववियु निर्वाचन चाँडो गर्न माग

विहीबार, ११ चैत्र २०७२

काठमाडौँ, ११ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै बुधबार उपकुलपति डा. तीर्थ खनियालाई ध्यानाकर्षण गराएको छ । 

सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाको नेतृत्वमा कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय पुगी प्रतिनिधिमण्डलले निर्वाचनको तालिका चाँडो सार्वजनिक गर्न आग्रह गरेको हो ।  उपाध्यक्ष बर्तौलाले स्ववियुको निर्वाचन ७ वर्षदेखि हुन नसक्दा शैक्षिक क्षेत्रमा अस्तव्यस्त भई विद्यार्थीलाई विभिन्न समस्या उत्पन्न भएको बताउँदै शैक्षिक अराजकता अन्त्य गर्न निर्वाचनको खाँचो औल्याए । 

सो क्रममा उपकुलपति खनियाले अन्य विद्यार्थी सङ्गठनसँग समन्वय र छलफल गरी छिट्टो निर्वाचनको वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया