Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी नतिजा अब विषयगत ग्रेडिङमा

बुधबार, १० चैत्र २०७२

काठमाडौँ, १० चैत्र । पाठ्यक्रम विकास केन्द्रले एसएलसीका लागी आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी ‘सिंगल सब्जेक्ट ग्रेड भ्यालु’ लागु गर्ने निर्णय गरेको छ ।  शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको शनिबार बसेको बैठकले यसअघि लागु गर्न तयार पारिएको समग्र ग्रेडिङ प्रणालीमा परिमार्जन गर्दै अब एसएलसी दिने विद्यार्थीको नतिजा विषयगत ग्रेडिङमा निकाल्ने निर्णय गरेको केन्द्रका सुचना अधिकारी टुकराज अधिकारीले बताए । 

यसअघि समग्र ग्रेडिङ प्रणालीको प्रावधान राखिएको उनले जनाए । यसैगरी परिमार्जन गरिएको नयाँ प्रावधान राखिएको उनले जनाए ।  यसैगरी परिमार्जन गरिएको नयाँ व्यवस्थामा शुन्य नम्बर प्राप्त गर्ने विद्यार्थीलाई एन अर्थात नन ग्रेडिङको प्रावधानलाई समेत हटाइएको छ । 

उनका अनुसार अब विद्यार्थीले आफ्नो योग्यताको स्तरअनुसारको ए प्लसदेखि ई अक्षरसम्ममा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  लेटर ग्रेडिङ अनुसार ९० देखि १०० नम्बर ल्याई उतीर्ण हुने विद्यार्थीले ए प्लस अर्थात उक्त विद्यार्थीले आउटस्टयान्डिङ लेखेको प्रमाणपत्र पाउनेछन् । 

गत बर्ष सरकारले परीक्षणका रुपमा लागु गरेको आवश्यकतालाई अक्षरांक प्रणालीलाई २०७३ देखि परिमार्जनसहित लागु गरिएको उनले जनाए । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया