Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

भेरी प्राविधिक शिक्षालयलाई सहयोग

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौँ, ९ चैत्र । सिप्रदी ट्रेडिङ प्रालिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्द (सीटीईभीटी) अन्र्तगतको भेरी प्राविधिक शिक्षालय नेपालगञ्जलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।

 सिप्रदीले टाटा गाडीमा प्रयोग हुने ईन्जिन, एफआईपीलगायतका २१ वटा सामाग्री शिक्षालयलाई हस्तान्तरण गरेको हो।उक्त सामाग्री सिप्रदी ट्रेडिङ प्रालि काकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भेरी प्राविधिक शिक्षालयका प्रिन्सिपल भीमकान्त लामिछानेलाई हस्तान्तरण गरे।  

सो कार्यक्रममा प्रमुख अतिथि सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेले निजी सार्वजनिक साझेदारी गररेर यसै प्रकारले अघि बढेमा सबै क्षेत्रको विकास हुने बताए। यस्ता कार्यक्रमले रोजगारदाता र शिक्षण संस्थाबीच आपसी सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया