Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

जताततै ट्युसन सेन्टर, एसएलसीबाट बञ्चित 

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौँ, ९ चैत्र । एसएलसीको तयारी गरिरहेकी रानीवन दैलेखकी शान्ति सिंह केही दिन अघि ट्युसन सेन्टरको खोजीमा थिइन् ।  एसएलसी आउन लाग्यो । स्कुलमा राम्रो पढाई भएन् । अंग्रेजी गणितको ट्युसन पढिरहेकी छु उनले भनिन् ट्युसनमा पनि राम्रो पढाई हुने रहेछ । यो त ट्यालेन्ट विद्यार्थीका लागी रहेछ । 

आफु कक्षाकै कमजोर विद्यार्थी भएकाले ट्युसनबाट पर्याप्त सिक्न नपाएको उनले बताइन् । अति ट्यालेन्ट र कमजोर विद्यार्थी एउटै कक्षामा पढ्दा राम्रो संग सिक्न् नपाएको उनको गुनासो छ ।  

ट्युसन पढ्नकैका लागी शान्ति सदरमुकाममा छिन् । एसएलसी चैत्र १८ बाट शुरु हुदैछ । उच्च शिक्षाको भाग्य निर्धारण गर्ने यो परीक्षामा सफल हुन यतिबेला परिक्षार्थीहरु ट्युसनको सहारामा छन् । 

एसएलसीबाट बञ्चित 

पाल्पाका एक सय ४५ परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागी हुनबाट बञ्चित भएका छन् । हाजिरी नपुग्ने र व्यक्तिगत कारणले उनीहरु परीक्षामा बस्न नपाउने भएका हुन् ।  तीमध्ये दीपा थापाको मृत्यु भएको छ । एक विद्यार्थी उपचारका लागी भारतमा छन् । अर्का भारतमै रोजगारीमा छन् भने बाँकी चार जनाले पढाई छाडेर विहे गरेको प्रधानाध्यापक मेहरमान थापाले बताए । 

कतिपय विद्यालयले कमजोर विद्यार्थीको हाजिरी नपुगेको बताएर परीक्षाबाट बञ्चित गराएको आरोप अभिभावकले लगाएका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया