Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

निष्ट फाउण्डेशनद्वारा फुटबल खेलाडीलाई सम्मान

सोमबार, ०८ चैत्र २०७२

भक्तपुर– बंगबधु अन्तराष्ट्रिय गोल्डकप र भारतमा भएको साफ गेममा स्वर्ण पदक जित्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई निष्ट फाउण्डेशनले सम्मान गरेको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले खेलाडीलाई जनही १० हजार नगद र सम्मान पत्र  प्रदान गरे । हिमालको शेर्पा, तराईको चौधरी, पश्चिमको राजवंशी, काठमाडौंको महर्जन मिलेर खेल जितेको भन्दै यादवले फुटबल टिममा सहभागि खेलाडी नेपाली मात्रै भएको बताए । खेलाडी मार्फत् सम्पूर्ण राष्ट्र उपस्थित भएको बताउँदै उनले खेलाडीहरुले कप जितेर राष्ट्रको शिर उच्च बनाएको पनि बताए । ‘अन्तराष्ट्रिय जगतमा छाती चौडा बनाएको छ,’ उनले भने 'डण्डा ढाल्ने (क्रिकेट) भन्दा फुटबल जता पनि खेलाउन सकिने र सबैले बुझ्ने भएकोले फुटबललाई विकास गर्न लगानी गर्नु पर्छ ।' 

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. माधव बरालले मुलुकको इज्जत बढाउन खेलाडीहरुले योगदान गरेकोले सम्मान गरेको बताउँदै खेलाडीले मुलुकको इज्जत बढाएकोले थप हौसला बढाउन सम्मान गरेको उल्लेख गरे ।

प्रकाशित मिति २०७२ चैत ८ गते

प्रतिक्रिया